Skip to content

हरिनगर र देवानगञ्जमा निषेधाज्ञा

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका वडा नं १ र ७ मा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा आज दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरिएको जानकारी दिए । 

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका निषेधादेश जारी गरिएको उल्लेख छ । 

साथै, अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिक रुपमा गरिने सामाजिक धार्मिक राजनीतिक सभा, र्याली तथा प्रदर्शनमा रोक लगाइएको जनाइएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal