Skip to content

लुम्बिनी र बागमती प्रदेशमा एनसेलले सुधार गर्यो फोरजी सेवा

काठमाडौं । एनसेलले लुम्बिनी र बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवामा सुधार गरेको छ।

यो सुधारले यी क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोर(जीको गतिमा पहुँच सुनिश्चित गरेको एनसेलले जनाएको छ।

एनसेलले फोर(जी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, थाहा, इन्द्रसरोवर र मन्थली पर्छन्। त्यस्तै लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ।

यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरेको थियो।

‘फोरजी सेवा विस्तार गरी आधुनिक मोबाइल ब्रोडब्यान्डमा सहज पहुँच सुनिश्चित गराउने प्रतिबद्धता अनुरूप गत माघमा मधेस र गण्डकी प्रदेशमा पनि आफ्नो फोरजी सेवामा थप सुधार गरेको थियो,’ एनसेलले भनेको छ, ‘देशका विभिन्न भागमा विस्तारित फोरजी सेवालाई सुधार गर्न कम्पनी प्रतिबद्ध छ।’

योसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न अफर पनि ल्याइरहेको छ। कम्पनीले तीन वटा डबल मजा प्याकहरू सञ्चालनमा छन्। १५० रुयाँमा सुरु हुने यो प्याकमा ग्राहकले प्याकको म्याद समाप्त हुनुअघि फेरि सोही प्याक किनेमा डबल डेटा बोनस प्राप्त गर्न सक्छन्।

त्यस्तै, लोकप्रिय इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट छ। यो अफर अन्तर्गत ग्राहकले अझ सुलभ शुल्कमा भारत भ्रमणका बेलामा सजिलै दूरसञ्चार सेवाबाट फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।

‘आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धताबमोजिम एनसेलले ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोर–जी सेवा सुरू गरेको थियो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको छ।’

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या गत असोजसम्म ६८ लाख ८५ हजार छ। त्यस्तै भिजिटर लोकेसन रजिस्टर (भिएलआर) तथ्यांकका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत भएको एनसेलले जनाएको छ।

‘सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ,’ कम्पनीले भनेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal