Skip to content

चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिमः येलेन

 बेइजिङ । बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताएकी छन् ।

एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङ्झाओ आइपुयएकी छन् । 

उनले भनिन्, ‘चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ ।’

‘चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ । चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डो¥याइरहेको छ ।’

उनले भने, ‘क्षमताभन्दा बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ ।’

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal