Skip to content

सानिमा बैंकले गर्‍यो दराजसँग सहकार्य, डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘नव बर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । दराजबाट सामान खरिद गरी सानिमा बैंकको ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५ सय रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम्  ७ सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछ र योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना चैत २२ देखि वैशाख ६ गतेसम्म लागू हुनेछ । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (सपिङ आउटलेट), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal