Skip to content

सुनको मूल्य १३ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार भने छापावाला सुन उच्च मूल्य १ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै शुक्रबार चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पनि उच्च मूल्य प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २७८ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal