Skip to content

स्थानीय तहले बिल नतिरे सडक बत्तीको लाइन काट्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरुलाई सडक बत्तीको महसुल बुझाउन  आग्रह गरेको छ । यही चैत १६ गते सार्वजनिक सूचनामार्फत स्थानीय तहलाई महसुल भुक्तानी गर्न आग्रह गरिए र केही स्थानीय तहले प्रतिबद्धता  जनाएको र केहीले भुक्तानी गरेको प्राधिकरणको भनाइ छ । 

तर केही स्थानीय तहबाट सो अनुरुप कार्य नभएको भन्दै प्राधिकरणले त्यस्ता स्थानीय तहमा जुनसुकै समयमा पनि बत्ती  काटिने जनाएको छ । यसबाट सर्वसाधारयणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा  समेत  मागेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal