Skip to content

विद्युत् प्राधिकरणलाई नगरपालिकाले बुझायो किसानको १४ लाख आठ हजार कृषि महसुल

सिरहा । सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । आर्थिक वर्ष २०७९/८० मा कूल एक हजार दुई सय ३४ किसानले प्रयोग गरेका कृषि महसुलबापतको  १४ लाख आठ हजार रुपैयाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

आज एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत् प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएकोे बताए । 

उनले भने, ‘यहाँका किसानले विद्युत् ‘हुकिङ’ नगरून्, कृषिमा आकर्षित हुन् भन्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरेका हौँ । यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरिेका छौँ । आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने छ ।’

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिए । उनले आव २०८०/८१ मा सात सय कृषक परिवार थप हुने भन्दै आगामी दिनमा नगरभित्रका बाँकी किसानलाई पनि यस योजनामा समेट्दै जाने बताए ।

लामो समय खडेरी पर्दा किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेका छन् । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानलाई राहत दिएको उनीहरुको भनाइ छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal