Skip to content

पर्यटन बोर्डले माग्यो सीइओ, दरखास्तका लागि १२ दिनको म्याद

 

काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि शनिबार सूचना जारी गर्दै आवेदन माग गरेको छ ।

धनञ्जय रेग्मीको गत माघ दोस्रो साता कार्यकाल सकिएपछि रिक्त सीईओ पदका लागि शनिबार सार्वजनिक सूचना प्रकाशन गरिएको हो ।

पर्यटन क्षेत्रमा १० वर्षको अनुभव भएको तथा स्नातकोत्तर गरेका आवेदकले ४ वर्षको बिजनेस प्लान पनि पेस गर्नुपर्ने छ । सीईओका लागि ३५ देखि ६० वर्षभित्रका योग्य नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

बोर्डका छनोट समितिका अनुसार १२ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । आवेदक फौजदारी अभियोग नलागेको र कुनै मुलुकमा बसोवास अनुमति नलिएको हुनुपर्नेछ । छनोट समितिले प्रक्रिया पूरा गरी सिफारिस गरेका तीन जनामध्ये एकलाई मन्त्रिपरिषद्ले नियुक्त गर्ने छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal