Skip to content

धितोपत्र बोर्ड अध्यक्ष बन्न लागि ५ जनाको नाम सिफारिस

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न गठन भएको समितिले ५ जनाको नाम छनोट गरेको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको समितिले कृष्णबहादुर कार्की,चिरञ्जिवी चापागाईँ,डा नवराज अधिकारी,मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सिफारिस गरेको हो । 

बोर्डका अध्यक्ष रमेश हमालको पदावधी सकिएपछि पद खाली थियो । सिफारिस भएका मध्ये कार्की अहिले नेपाल स्टक एक्सञेच्जका(सीईओ) हुन् भने चापागाईँ बीमा प्राधिकरण पूर्व अध्यक्ष हुन् भने अधिकारी र मुक्ति बोेर्डका कर्मचारी हुन् । 

समितिले आवेदन माग गरेका व्यक्तिबाट उनीहरुले दिएको प्रस्तुतीबाट ५ जनाको नाम छनोट गरेको हो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal