Skip to content

स्टयान्डर्ड चार्टर्ड बैंकले धरानमा खोल्यो शाखा

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंक नेपालले धरानमा शाखा खोलेको छ । सीमित शाखा तथा काठमाडौं बाहिरमा मुख्य शाखाहरु बन्द गरेको चार्टर्डले धरानमा शाखा खोलेको हो । 

बैंकले आइतबार मुकुमलुङ कम्प्लेक्स रमाइलो चोक धरानमा शाखा उद्घाटन गरेको प्रेस विज्ञप्तिमा जनाएको हो ।

राष्ट्र बैंकका कोशी प्रदेश प्रमुख इन्द्र चम्लागाइ मैनाली, ब्रिटिस गोर्खा नेपालका मेजर मनबहादुर गुरुङ र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख राणाले संयुक्तरुपमा शाखा उद्घाटन गरेको भन्दै बैंकले उक्त शाखाबाट नियमित सेवाबाहेक मोबाइल बैंकिङ र डिजिटल सेवा प्राप्त हुने पनि जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal