Skip to content

द्धारिका काफ्लेको नेतृत्वमाफोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

 

काठमाडौं ।  नेपालका विभिन्न छापा सञ्चार माध्यममाकार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको तेह्रौँ साधारणसभा २०८० चैत २५गते आइतबार चावहिलस्थित हाजीपुर क्याफे एण्ड रेष्टुरेन्टमा सम्पन्न भएको छ । 

निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि द्धारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

अध्यक्षमा काफ्ले सहित उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँपत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भए । 

यसै गरी सदस्यहरुमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार चयन भए । 

निर्वाचित पदाधिकारीहरुलाई आइतबारै एक समारोहकाबीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरजंन राजबशी,संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाइ तथा शुभकामना व्यक्त गरे । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal