Skip to content

एसबिआई बैंकका कार्ड प्रयोगकर्तालाई न्युरो अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल)बीच सम्झौता भएको छ । 

न्युरो अस्पतालमा एसबिआई बैंकका ग्राहकहरुले कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरेबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal