Skip to content

सुनको मूल्य प्रतितोला २९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला  दुई हजार नौ सय रुपैयाँले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर १ लाख ३४ हजार ९ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ  महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal