काठमाडौं । डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा आज आइतबार सभापार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बस्दै छ ।
सो सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०७९र२८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्