Skip to content

सिटिजन्स बैंकद्वारा बालविकास समाजलाई १ लाख ५० हजार सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो स्थापनाको  १७ वर्ष पूरा गरी वार्षिकोत्सव मनाउने क्रममा करिब एक दशकदेखि अनाथ बालबालिकालाई लालनपालन, शिक्षा, स्वास्थ्य उपचार, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

सो बैंकले आफ्नो १७ औं वार्षिक उत्सव यही वैशाख ७ गते मनाउँदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

एक समारोहका बीच बैंकले उक्त चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतम लाई हस्तान्तरण गरेको हो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal