Skip to content

चौथो मञ्जुश्री ट्रेल रेस: आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

 

काठमाडाैँ । खेल पर्यटनलाई
प्रवर्द्धन गर्द नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको
चौथो संस्करण सम्पन्न भएको छ ।
 

 

प्रतियोगिताका
विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै
अर्जुन कुलुङ राई विजेता बनेका छन् ।

 

उनले २६
घण्टा ५० मिनेट १५
  सेकेन्डमा
रेस पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी
दिए । यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका
हुन् ।

 

 यस्तै बेलायतका
अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३
घण्टा ५७ मिनेट ४०
  सेकेन्डमा
रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन् ।

 

 

सय किलोमिटर
रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मन कुमार रोका मगर विजेता
बने ।
 

 

यस्तै १६
घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४
मिनेट १७
  सेकेन्डमा
रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

 

५० किलोमिटर
रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८
घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने ।
 

 

यस रेसमा
पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमश: ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा
र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन् ।
 

 

यस्तै पुरुषतर्फ
दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमश: ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा
१६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए ।

 

 

यस संस्करणमा
१०० माइल
, १०० किमि
र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा क्वालिफाइ
भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।
  उनका अनुसार यी धावकहरूले मलेसियामा
आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।

 

 

त्यस्तै
३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । यस्तै
४ घण्टा ५७ मिनेट २९
  सेकेन्डमा
रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५
  सेकेन्डमा
रेस सम्पन्न गरेर
  एण्ड्रियु
एलकक तेस्रो भएका छन् ।
 

 

 यस्तै महिलातर्फ
अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै
महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन् ।
 

 

बेलायतकी
जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा
अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन्

 

 

१० किलोमिटर
रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै एक
घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा २ मिनेट
८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।
 

 

अध्यक्ष
थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न
गरिएको छ । जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस भएको थियो ।
 

 

नेपाल डाउन
सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए
। जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।
 

 

शुक्रबार
बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट सय माइलको
रेस सुरू भएको थियो ।
 

 

रेसमा दौडने
क्रममा प्रतियोगीले फुल्चोकी
, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर
र चन्द्रागिरीलगायतका पहाड चढ्ने
, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै
पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए । उक्त उचाइ समुद्रदेखि सगरमाथाको
चुचुरोसम्मको भन्दा बढी भएको थापाले बताए ।

 

उनका अनुसार
रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको
रेस झुलेबाट
, ५० किलोमिटरको
रेस बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर
स्टेज रेस फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।
 

 

ट्रेलमाण्डुको
यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको रेस
सुरू भइ सिंगल ट्रीमै सकिएको यस रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी
दिए ।

 

शुक्रबार
र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू
सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ ।
 

 

सहभागी धावकमध्ये
यस्तै २ सय ८९ जना पुरुष र ३५ जना महिला धावक रहेका थिए । विभिन्न चरण मध्ये सय माइलको
रेसमा ४ महिला सहित १८ धावक सहभागी थिए ।

 

यस संस्करणमा
नेपाल
, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका
धावकहरू सहभागी भएको
  रेसका अध्यक्ष
थापाले जानकारी दिए
 

 

सय माइल
विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने रेसभन्दा मञ्जुश्री ट्रेल रेसको महत्व बढ्दै
गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि रेसमा सहभागी भएको उनले
सुनाए ।

 

 उनले भने,’यस रेस एकदमै
व्यवस्थित थियो । काठमाडौंमै सम्भव भइरहेको यस रेसले हामीजस्ता रेसलाई शोख र पेसा बनाएर
दौडिरहेकाहरूलाई उत्तम प्लेटफर्म र अवसर दिएको छ ।

 

उनले सन्
२०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए ।

 

 

आयोजकका
अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन
एटिएम फाइनलसँगै समाप्त गरिएको छ । जसमा अन्तिम
विजेतालाई सम्मानित गरिएको छ ।
 

 

स्थापनाको
आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका
थाइल्याण्ड
, मलेसिया, जापान, भियतनाम
र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

 

१०० माइल
यस लामो रेस नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने रेस पनि हो । यसमा
धावकहरूलाई सहज बनाउनको लागी १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको अध्यक्ष थापाले बताए

 

 चेक प्वाइन्टमा
धावकहरूलाई आवश्यक पर्ने खानेकुरा
, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था
गरिएको थियो । जसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।

 

विश्व चर्चित
धावक लिजी हकर
, सेथ ओल्पिन
र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात
उनीहरूले सन् १०१६ मा यो रूट छिचोले ।

 

जिमी ओस्त्रोमराज प्रधाननारायण आचार्य
लगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए ।
 

 

पछिल्लो
समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै
  यो ट्रेललाई
अझ परिस्कृत गर्दै मार्किङ तथा जि.पि.यस नक्साङ्कन गरिएको
  अध्यक्ष
थापाले जानकारी दिए ।

 

विभिन्न
चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्ण रूपमा निर्धारण
गर्न करिब ३ वर्ष लागेको थियो ।

 

फ्रान्सस्थित
विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए)
र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको
सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका
साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।

 

उनले भने,’आइटिआरएको
मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त
गर्छन् जुन आइटिआरएमा सम्बन्धित
  न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल
रेसमा मान्य हुनेछ ।
‘   

 

यस रेसमा
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि
यो रेसलाई विशेष रुपमा हेरिएको तथा सहयोग रहेको थियो ।

 

अध्यक्ष
थापाका अनुसार
, १ सय माइलको
रेसमा प्रथम
द्वितीय
र तृतीय भएकाहरूले क्रमशः ६० हजार
, ४० हजार र २० हजार रुपैयाँ नगद
पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

 

 सय किलोमिटर
रेसमा प्रथम
, द्वितीय
र तृतीय भएकाहरूले क्रमशः ४० हजार
, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै
मेडल र प्रमाणपत्र पाएका छन् ।

 

५० किलोमिटर
रेसमा प्रथम
, द्वितीय
र तृतीय भएकाहरूले क्रमशः ३० हजार
, १५ हजार र १० हजार रुपैयाँ नगद
पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।
 

 

त्यस्तै
ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम
, द्वितीय र तृतीय भएकाहरूलाई क्रमशः
२० हजार
, १० हजार
र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र दिइएको छ ।

 

मनमोहक दृश्यावलोकन, उपत्यकाको
ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका
लागि आकर्षण बनेको छ ।
 

 

हिमालय शृङ्खला, काठमाडौँ
उपत्यका
, जङ्गल, पहाड, गोरेटोका
दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको
छ ।

 

 

 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal