Skip to content

पर्यटकीय गन्तव्य पहिचान एवम् प्रवर्द्धन गर्दै टोली नवलपुरमा

गण्डकी । नेपाल एशोसिएशन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवर्द्धनमा शनिबार पोखरादेखि हिँडेको टोली नवलपुर आइपुगेको छ ।

सञ्चारकर्मीसहितको पर्यटन व्यवसायीको १९ सदस्यीय टोली तीन दिने कार्यक्रमअन्तर्गत पोखराबाट गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा सुरु गरेको थियो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन जरुरी रहेको अवस्थालाई दृष्टिगत गरी पोखराबाट बागलुुङ हुँदै नवलपुरसम्मको गन्तव्य पहिचान एवम् प्रवर्द्धन कार्यक्रम तय गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए।

‘बागलुुङ, कालीगण्डकी करिडोर र आसपासका पर्यटकीय गन्तव्य समेतको पहिचान गर्ने गरी कार्यक्रम तय गरेका हौँ’, उनले भने, ‘करिडोर अन्तर्गत निर्माणाधीन सडकको अवस्थासँगै आसपासमा जोडिएका स्थानको स्थलगत अवलोकन समेत गरेका छौँ ।’

सोही अवसरमा बागलुुङको जैमिनी नगरपालिकाकाको स्थानीय संयोजन एवम् सहयोगमा जैमिनी ऋषिले तपस्या गरेको जैमिनी धामको अवलोकन गरिएको छ ।साथै उक्त नगरपालिकामा रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालबीच छलफल गरिएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिए । 

टोलीले आइतबार नवलपुरस्थित गजेन्द्र मोक्षधाम र प्रिप्रहर सामुदायिक होमस्टेमा नवलपुरको धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरेको नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले जानकारी दिए । आइतबार नै नवलपुरको वाल्मिकी आश्रमको स्थलगत अवलोकन समेत गरिएको उनले बताए । 

टोलीले आज रजहरस्थित सामुुदायिक प्राकृतिक चिकित्सालयमा अस्पतालका निर्देशक डा विनोद पौडेलसँग प्राकृतिक चिकित्सा, स्वास्थ्य जीवन पद्धतिलगायतका विषयमा अन्तरक्रियालगायतका कार्यकम गरी साँझ पोखरा फर्कने छ । 

गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौतीलगायतका विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal