Skip to content

महुली लघुवित्तको साधारणसभा आज सप्तरीमा बस्दै

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारणसभा आज सोमबा कम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा बस्दै छ ।

कम्पनीले सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश नदिने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९र२८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी प्रस्ताव पारित गर्ने छ ।

सो सभामा चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको संस्थापक तर्फको रहेको संचालक पदमा संचालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal