Skip to content

आईएमई लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चिफ मार्केटिङ अफिसरमा कम्पनीको सञ्चालक समितिको १८८औँ बैठकले गणेश चौलागाईलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

कम्पनीले बिमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाईलाई  चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त गरेको छ । नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बिमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal