काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ
आज सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्