Skip to content

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ

आज सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा  १५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal