Skip to content

सुनमा लगानीको मौका, छ महिनामा २० प्रतिशत नाफा

काठमाडौँ । स्थानीय बजारमा मात्रै नभइ सुन यतिबेला विश्व बजारमा हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । गत साउन १ गते प्रतितोला एक लाख १२ हजार २ सय रहेको सुनको मूल्य अहिले १ लाख ३५ हजार छ सय पुगेको छ । जुन २०.८५ प्रतिशतले वृद्धि हो । पछिल्लो छ महिनाको तुलना गर्ने हो भने पनि सुनमा लगानी गर्नेहरुले कम्तीमा २० प्रतिशतको नाफा  गरेका छन् । 

पछिल्लो एक महिनामा  अर्थात चैत १ गते सुन किन्नेले आजका दिनमा करिब ८ प्रतिशत कमााइसकेका छन् । फागुन १ गते लगानी गर्नेले रिटर्न १५ प्रतिशतभन्दा बढी भइसकेको छ । 

यसरी सुनको मूल्य लगातार किन बढिरहेको छ त ?

जानकारहरु अमेरिकामा ब्याजदरमा भएको कटौतीमा अनिश्चितताका बीच डलरको अबमूल्यनले सुनको मूल्यले हरेक दिन नयाँ उचाइ कायम गरेको बताउँछन् । पछिल्लो समय शेयर बजार सुस्ताएको बेलामा सुनमा लगानी गर्नेहरुले पछिल्लो १० महिनामा २० प्रतिशतभन्दा बढी कमाएका छन् । र, यो ट्रेन्ड अगाडि जारी रहनसक्ने विश्लेषकहरुको बुझाइ छ ।

एसएस वेल्थ स्ट्रिटका संस्थापक सुगन्धा सचदेवाका अनुसार सन् २०२४ को अन्तिमसम्ममा सुनको मूल्यमा उल्लेख्य वृद्धि हुनेछ । लगानीकर्ताका हिसाबले हेर्दा यो वर्ष सुन खरिद गर्नु फाइदाजनक हुने देखिन्छ ।

भारतीय कम्पनी एचडीएफसी सेक्युरिटिज तथा करेन्सी हेड अनुज गुप्ताका अनुसार नयाँ रेकर्डको स्तरमा रहेको सुनको मूल्य तत्काल कम हुने अवस्था छैन । त्यसैले लगानीका लागि यो निकै राम्रो अवसर बनेको छ । 

सुनको मूल्य पछिल्लो २० वर्षमा लगातार बढिरहेको पाइएको छ । कमोडिटी विज्ञहरुका अनुसार महंगी बढ्यो भने सुनको मूल्य अझ बढ्ने छ । अमेरिकी चुनावको नतिजाले पनि सुनको मूल्यमा असर पुग्नेछ । यस्तो अवस्थामा सन् २०२४ मा मात्रै होइन सुनको मूल्य बढ्ने क्रममा सन् २०२५ सम्म जान सक्छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal