Skip to content

ब्ल्याक डेकरमा सामान खरिद गर्दा हरेक साता उपहार

काठमाडौं । ‘ब्ल्याक डेकर’ ब्रान्डले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यु जोएस्, न्यु सेलिब्रेसन’ नामक योजना ल्याएको छ । ग्राहकहरुले ‘ब्ल्याक डेकर’ का साना घरायसी उपकरण खरिद गर्दा हरेक साता उपहार जित्न सक्ने योजना ल्याएको हो ।

‘ब्ल्याक डेकर’ को कुनै पनि उपकरणको खरिदमा हरेक साता एकजना भाग्यशाली विजेताले ‘ब्ल्याक डेकर’ को उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुन ग्राहकहरुले विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ ।

साथै ‘ब्ल्याक डेकर’ का ३० हजार माथिको सामान खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ । यो योजना चैत २७ गतेदेखि नेपाल अधिराज्यभरी सीमित अवधिका लागि लागू हुने कम्पनीले जानकारी दिएको छ । 

नेपाल अधिराज्यभर ब्ल्याक डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal