Skip to content

नगदरहित भुक्तानी प्रणालीका लागि प्रभु बैंकद्वारा ‘क्यु आर स्ट्याण्ड’ प्रदान

काठमाडौं । प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई ‘क्यु आर स्ट्याण्ड’ उपलब्ध गराएको छ। बैंकले नगदरहित भुक्तानी प्रणालीका लागि ‘क्यु आर स्ट्याण्ड’ उपलब्ध गराएको हो ।

यो सेवाले कागबेनीका भक्तजनहरुलाई सहज हुने बैंकले जनाएको छ । मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैंकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

मुस्ताङको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैंक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङवासीहरु बताउँछन् । प्रभु बैंकका नेपालभर ३ सय १ शाखा कार्यालय, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal