काठमाडौं । सहकारीपीडितका विषयमा संसदीय छानबिन समिति नबनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गरेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसले आफ्नो संसदीय दलको निर्णय सुनाउँदै सरकारले प्रमुख प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति लिएको भन्दै आजदेखि संसद् नचल्ने जानकारी गराएको हो ।
नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले कांग्रेसको धारणा राखेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्