Skip to content

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्बिरहरू)

काठमाडौं । यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेष्ट भएको छ ।

आज बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको हो ।

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी छन्।

 

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी–२० आई श्रृड्ंखला खेल्दैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T