Skip to content

कर कार्यालयले कर छली भएको भन्दै जगदिशप्रसाद साहसहित ५ जनालाई बयानका लागि बोलायो

काठमाडौं । आन्तरिक राजस्व कार्यालय जनकपुरले मंगलबार ५ जनालाई अन्तःशुल्क छली गरेको भन्दै बयानका लागि बोलाएको छ । 

अन्तःशुल्क छली अभियोगमा स्कट एण्ड स्कटस नेपाल प्रालिका सञ्चालकहरु काठमाडौं महानगरपालिका–३१ बानेश्वरका जगदिशप्रसाद शाह, बझाङका कर्णबहादुर खड्का, अछामका सजन गिरी, बूढानीलकण्ठ नगरपालिका–९ का नारायणकुमार खत्री र काठमाडौंका दिपक तण्डुकारलाई बयानको बोलाएको हो ।

जनकपुर कर कार्यालय प्रमुख कशोर बर्तौलाले अन्तःशुल्क छली गरेको भेटिएपछि गोप्य अनुसन्धान थालिएको बताए । कार्यालयले सुरुमा सात दिनको म्याद जारी गरेको भए पनि उपस्थित नभएपछि पुनः सात दिनको म्याद थपेको हो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal