Skip to content

सदन अवरोध खोल्ने उपायबारे छलफल गर्न गगन थापा र कृष्ण सिटौला बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् । उनीहरू सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न प्रधानमन्त्रीले  बोलाएर गएको बताइएको छ ।

बालुवाटारमै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको छ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal