Skip to content

उद्योगमा १२ घण्टा लोडसेडिङ, दिने भनेको १२ घण्टामा नियमित छैन बिजुली

काठमाडौं । विद्युत् प्राधिकरणमा उद्योगहरुमा १२ घण्टा लोडसेडिङ शुरु गरेको छ । भारतबाट खुल्ला बजारमा रातिको समयमा बिजुली आयात नहुने भएपछि प्राधिकरणले बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म उद्योगहरुमा लोडसेडिङ गरेको हो ।

व्यावसायिक घराना सिद्धार्थ ग्रुपका प्रवन्ध निर्देशक राजेश अग्रवाल १२ उद्योगमा विजुली जाने तथा आएको १२ घण्टामा समेत नियमित आपूर्ति नहुने बताउँछन् । भैरहवा क्षेत्र ठूला उद्योग अर्घाखाँची सिमेन्ट तथा श्री स्टीलका सञ्चालकसमेत रहेका अग्रवाल ६ घण्टाभन्दा बढी समय उद्योग चलाउन नसकिएको बताउँछन् ।

‘१२ घण्टा विजुली नदिने अहिले प्राधिकरणको घोषित नीति हो,’ अग्रवालले लगानीन्यूजसँग भने, ‘दिने भनिएको १२ घण्टामा समेत बिजुली नियमित नआउने समस्या हुन्छ ।’ अप्रिलदेखि भारतबाट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र बिजुली आयात गर्ने सम्झौता भएको छ । बेलुकाको लागि अहिले बिजुली आयात हुँदैन ।

प्राधिकरणले दिने भनेको समयमा पनि लोड धान्ने गरेर विजुली आएको हुँदैन । उद्योग पुरुषोत्तम रिजाल प्राधिकरणले दिनभरमा ५० औं पटकसम्म पावर ट्रिप गर्ने गरेको बताउँछन् । ‘पावर ट्रिपले उद्योगमा जडित भएका मेसिन उपकरणमा असर गर्ने,कच्चा पदार्थको नोक्सानी हुने तथा समयको नोक्सानी भइरहेको छ,”रिजालले भने, ‘यसले उद्योगमा पारेका नोक्सानको विषयमा सरोकारवालाको ध्यान गएको छैन। निजी  क्षेत्रका संस्थापनि चुपचाप जस्तो देखिए ।’

प्राधिकरणले भने घोषितमा लोडसेडिङ उद्योग क्षेत्रको लागि भनेको भने छैन । पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चामा आएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा लोडसेडिङको सूचना दिने पक्षमा छैनन् ।

उद्योगी अग्रवाल विजुली निश्चित समयमा दिने भनेपछि लोड धान्ने बिजुली दिनुपर्ने बताउँछन् । ‘१२ घण्टा उद्योगलाई विजुली नदिने प्राधिकरणको नीति भयो,’ अग्रवालले भने, ‘दिने भनेको १२ घण्टामा पनि ट्रिपिङको समस्याले उत्पादनमा समस्या छ ।’

प्राधिकरणले लोड अनुसारको बिजुली नदिएको कारण उद्योगहरुले क्षमता अनुसार उत्पादन गर्न नसक्ने स्थिति छ । अहिले क्षमताको ३० प्रतिशतमात्र उद्योगहरुले उपभोग गरेको उद्योगीहरु बताउँछन् ।

बेलुका ६ बजेदेखि भारतबाट आयात गर्ने विजुली महंगो पर्छ । प्राधिकरण महंगो दरमा विजुली किनेर उद्योगलाई दिने पक्षमा छैन । ब्यालेन्ससिटमा नाफामा देखिएपनि प्राधिकरणलाई नगद व्यवस्थापन गर्न अहिले निकै समस्या परेको छ । केही दिन अगाडि आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख घिसिङले १ महिनामा अहिले देखिएको समस्या समाधान हुने बताएका थिए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal