Skip to content

सुनको मूल्य ३ दिनमै तोलामा ३६ सय रुपैयाँले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य १ सयले बढ्यो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ । 

सोमबार सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको थियो । 

 यसअघि आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला २ हजार ९ सय र ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कामय गरेको थियो ।  मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४४ डलर र चाँदी प्रतिऔंस २७.७८ डलरमा कारोबार भइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal