Skip to content

भन्सार छलेर ल्याइएको २ लाख बराबरको तरकारी बरामद

सिरहा । प्रहरीले माडरस्थित एक गोदामबाट भन्सार छलेर ल्याइएको  दुई लाख रुपैयाँ बराबरको प्याज र आलु आज बरामद गरेको छ । सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्रहरी बल माडरको छेउमै रहेको गोदामबाट ५३ बोरा प्याज र २४ बोरा आलु बरामद गरिएको हो ।

गोदाममा भारतबाट अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको तरकारी रहेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मार्ने क्रममा ठूलो परिमाणमा आलु र प्याज फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त परिणामको अवैध प्याज र आलुको मूल्य करिब  दुई लाख रुपैयाँ बराबर रहेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal