Skip to content

सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह

भैरहवा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् । 

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे ।

नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उहाँले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न उनले निर्देशन दिए ।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए। 

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T