Skip to content

‘सहकारीका बचतकर्ता नठगिने सुनिश्चितता गर्नुपर्छ’

nabil bank

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एक जना पनि सहकारीको बचतकर्ता ठगिन नहुने बताएका छन्। 

सरकार र संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ सहकारीका बचतकर्ता नठगिने सुनिश्चितता गर्नुपर्ने थापाले बताए।

‘सहकारीका बचतकर्ता ठगिन हुन्न। उनीहरू नठगिने सुनिश्चितता सरकार र यो संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ के गरेर हुन्छ हामीले गर्नुपर्छ। 

यो हैसियत संसदले राख्नुपर्छ,’ उनले भने, ‘हामीले त्यसो गर्न सकेनौं भने यो सहकारीका सन्दर्भमा सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिसअन्तर्गत उठाइएको एउटा अरन्य रोदन हुनेछ। यो अरन्य रोदनले देशलाई केही परिणाम दिने छैन।’ 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime