Skip to content

नेपालको अर्थतन्त्र बाह्य क्षेत्रमा सुधार देखिए तापनि अन्तरिक अर्थतन्त्र चलायमान छैनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

उद्योग वाणिज्य दिवस र महासंघको ५८ औं वार्षिक साधारणसभामा सम्पूर्ण उपस्थित अतिथिहरुमा यस कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक आभार र धन्यवाद व्यक्त गर्छु ।

सर्वप्रथम त यहाँहरुको उपस्थितिले यहाँहरु निजी क्षेत्र र नेपालको अर्थतन्त्रका विषयमा संवेदनशील हुनुहुन्छ भन्ने देखिएको छ । यस कार्यक्रममा यहाँहरुको सक्रिय  उपस्थिति र निजी क्षेत्रका समस्या समाधान र सुधारमा यहाहरुले देखाउनुभएको चासोका लागि, नेपाल उद्योग वाणिज्य महासंघ र मेरो ब्यक्तिगत तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्न चाहन्छु । 

यतिखेर नेपालको अर्थतन्त्र असहज परिस्थितिमा छ । बाह्य क्षेत्रमा सुधार देखिए तापनि अन्तरिक अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन सकेको छैन । साना, ठूला र मझौला उद्यमीदेखि लिएर, सरकार र आम जनताले समेत अहिले दैनिक रुपमा जीवनयापन गर्न असहज महसुस गरेको हामी सबैलाइ थाहा भएकै विषय हो । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि यहाँ उपस्थित हामी सबैले आआफ्नो ठाउँबाट, बिभिन्न प्रयासहरु गरिरहेकै छौं । यधपी निजी क्षेत्र, सरकार, राजनीतिक दल र संसद सबैको तदारुकता र चासोका बाबजुद पनि हाम्रो अर्थतन्त्रले चाहेको गति लिन सकिरहेको छैन । 

पछिल्ला वर्षहरुमा सरोकारवालाहरु सबैको सकारात्मक प्रयास हुँदा हुँदै पनि किन हामीले अर्थतन्त्रमा चाहेको सुधार ल्याउन सकिएको छैन ? भनेर अब सोच्ने बेला आएको छ । पछिल्लो पाँच वर्षमा पाँच पटक सरकार र सरकारको गठबन्धन परिवर्तन भएछन् । 

पाँचै पटक सरकार परिवर्तन हुँदै गर्दा, सरकारी संयन्त्र र नीतिमा परिवर्तन हुने नै भए,  सत प्रयास सहित नीतिगत निर्णय र संयन्त्रमा हेरफेर भएको भए पनि, यस किसिमको अस्थिरताले ब्यबसायिक वातावारणमा अवश्य नै प्रभाव परेको छ, राम्रै नीतिले पनि कार्यान्वयनका लागि उचित समय नपाउँदा सकारात्मक प्रभाव पार्न सकेका छैनन् । मेरो यो भनाइमा यहाँहरु सहमत हुनुहुन्छ नै होला ।

नेपालको अर्थतन्त्रमा हामीले अहिले भोगेको समस्याको प्रमुख कारण, हामीले दिर्घकालिन रुपमा नसोचेर, छोटो समय र छोटो लाभका लागि लिएका नीतिगत निर्णयहरु पो हुन् कि ? यतिबेला जसरि सरकारलाइ अर्थतन्त्र चलाउन गाह्रो परिरहेको छ, हामि निजि क्षेत्र पनि उत्तिकै छटपटीमा छौं ।

 सरकारले संरक्ष्ण गरेको नेपालको अर्थतन्त्रको ८२ ५ हिस्सा नेपालको निजि क्षेत्रले चलायमान गराउने हो, यसका लागि सरकारले उचित वातावरण बनाइदिनु पर्ने भूमिकामा रहेको र सरकारले प्रयास गर्दा गर्दै पनि अर्थतन्त्र चलायमान नहुँदा, नेपाल र नेपालीको व्यवसायिक मनोदशा अझै नकारात्मक हुने हो कि भन्ने चिन्ता सरकार पछिको ठूलो सन्जाल रहेको हामी निजी क्षेत्रलाइ पनि उत्तिकै परेको छ ।

मलाई लाग्छ, यतिबेला नेपालमा अर्थतन्त्र सुध्रिढ़ गराउँदै, मुलुकमा सकारात्मक संदेश दिनु अपरिहार्य रहेको छ । स्थानीय अर्थतन्त्रको बिकास, रोजगारी, पुंजी र प्रविधिका साथै दक्ष जनशक्ति उत्पादन, स्थानीय उत्पादन र खपतमा वृद्धि गरि, नेपालका उत्पादनलाइ बाह्य बजार संग जोड्ने र नेपालको आन्तरिक अर्थतन्त्रको सवलिकरण आजका हाम्रा प्रमुख मुद्दाहरु हुनु जरुरी छ ।

आजको यस कार्यक्रममा उपस्थित प्रधानमन्त्रीज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, उपप्रधानमन्त्रीज्यूहरू, मन्त्रीज्यू, सत्ता पक्ष र प्रतिपक्ष राजनीतिक दलका शीर्षस्थ नेतागणहरु,  माननीयज्युहरु, उच्च सरकारी अधिकारीज्यूहरु र विकासका साझेदारका साथै  नेपाललाइ माया गर्ने सबैमा हामी निजि क्षेत्रको अनुरोध अबको एक बर्ष नेपालमा हामीले आर्थिक सुधार र सुशासनका बिषयहरुलाइ प्राथमिकतामा राखेर काम गरौँ । नेपालको अर्थतन्त्र र आर्थिक सुधारका बिषयहरुमा सबै सरोकारवालाहरु र राजनीतिक दलहरुको एकैबद्दता अब अपरिहार्य भैसकेको छ ।

यसका लागि आवश्यक परेमा नेपाल उद्योग वाणिज्य महासंघ यहाँहरु सबैको सेतु बन्न तयार छ । नेपालमा निजी क्षेत्र र नाफा प्रतिको दृष्टिकोण सकारात्मक नभए तापनि निजी क्षेत्रले अर्थतन्त्रमा लगानी गरेको छ, हामीले जोखिम लिएका छौं, रोजगारी श्रीजना गरेका छौं र अहिलेको अवस्थामा हामीहरु नै सबैभन्दा धेरै अफ्ट्यारो स्थितिमा रहेका छौं । 

त्यसैले यसै  उद्योग वाणिज्य दिवसको दिन पारेर म, सरकार, संसद, कर्मचारीतन्त्र र सरोकार वाला सबैलाई नेपालमा नीतिगत स्थिरता, लगानीको संरक्ष्ण र दिगो ब्यबसायिक वातावरण निर्माण गर्दै दरिलो अर्थतन्त्र बनाउने गरि, न्युनतम सुधारका कार्यक्रमहरुलाइ हामी सबैले साझारुपमा अपनत्व लिएर अगाडी बढाउँ भन्ने आवहान गर्न चाहन्छु । 

१. नेपालमा आन्तरिक र बाह्य लगानीका लागि अहिले पनि थुप्रै नीतिगत झन्झट रहेको कुरा सबैलाई थाहा भएकै विषय हो । उत्पादन र बजारमुखी नीति सहजीकरणको लागि सरकारका तर्फ बाट प्रयासहरू पनि भैरेका छन्।  यद्यपि देशमा उद्योगधन्दा कलकारखानाहरूको विकास र विस्तार हुन सकेको छैन। लगानीको एक द्वार नीति,  आन्तरिक बजार बिस्तारमा जोड दिने गरी स्थानीय लगानीकर्ताको आत्मविश्वास बढ्ने गरी नीतिगत सहजीकरण गर्नु अपरिहार्य छ । 

२.विद्युतीय भुक्तानीका पूर्वाधारहरू बलिया बनिसकेका छन्, अब सरकारले राष्ट्रिय नागरिक परिचय पत्र, बिद्धुतीय लेखा नम्बर लगायतका प्रणालीलाई एकद्वारामा समेट्न सक्यो भने अर्थतन्त्र बिस्तारै औपचारिक तर्फ बढ्दै जान्छ । यसले भ्रष्टाचार, चुहावट लगायत लाई रोक्छ नै, यसका साथै कर प्रणाली समेत बलियो हुन्छ भने सार्वजनिक सेवा प्रवाह गुणस्तरीय हुन्छ ।

 

३.नेपालको निजी क्षेत्र र अर्थतन्त्रको विकासमा अर्को बाधक देशमा अपर्याप्त भौतिक पूर्वाधार पनि हो ।  सडक मात्र होइन नेपालका उद्योगहरूमा गुणस्तरीय ऊर्जाको पनि कमी छ, औद्योगिक कोरिडोर औघोगिक क्षेत्रहरुमा बिजुली नियमित छैन, यसमा सुधार हुनु जरुरी छ । यसका साथै उद्योगका लागि चाहिने अन्य ठुला भौतिक पूर्वाधारहरू निर्माणमा ध्यान हुनु जरुरी छ ।

४.समय अनुकूलको नयाँ नीति निर्माण र पुरानालाई संशोधन पनि अहिलेको आवश्यकता हो । कसरी हुन्छ हाम्रो अर्थ व्यवस्थालाई उद्योगमैत्री र प्रविधिमैत्री बनाउनुपर्छ । नयाँ सोच र सिर्जनालाई प्रोत्साहन हुनुपर्छ । त्यसले मात्र लगानी आकर्षित गर्छ । लगानी बढ्दा रोजगारी पनि स्वतः बढ्छ । यसका साथै मौद्रिक नीति तथा बाह्य अर्थतन्त्रमा स्थिरता, बैदेशिक लगानी मैत्री कानुन निर्माण  अर्थतत्न्रलाइ  न्यिदब िख्बगिभ ऋजबष्लमा जोड्न सकिने नीतिगत सुधार अब अपरिहार्य भैसकेको छ ।

५.शिक्षाको विकास गर्दै, दक्ष र सिप युक्त जनशक्तिको निर्माण, युवाहरुको नविन सोचलाइ मुर्त रुप दिन, स्टार्ट अप मैत्री वातावारण निर्माण हामि सबैको साझा मुद्दा हुनु जरुरि छ, यसकालागि  हाम्रो आव्ह्वान यी साझा कार्यक्रमलाइ हामीले  अपनत्व लिउँ।  ६. नेपाल  उद्योग वाणिज्य महासंघ आर्थिक र संरचनागत सुधार अभियानमा सबै सरोकार वालाहरुलाइ जोड्ने सेतु, साझेदार र सहयात्री हुन् सदैव तयार छ। 

 

अन्त्यमा आफ्नो कार्य व्यस्तताको बावजूद पनि महासंघको निमन्त्रणालाई स्वीकार गरी हामी माझ पाल्नु भई यस सभाको प्रमुख आतिथ्यता ग्रहण गर्नुका साथै निजी क्षेत्रलाई मार्ग निर्देश गर्नु भएकोमा सम्मानीय प्रधानमन्त्रीज्यूमा पुनः एक पटक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछु ।

विशिष्ट व्यक्तित्वहरु पूर्व प्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका शीर्षस्थ नेतागण, उपप्रधानमन्त्रीज्यूहरु, मन्त्रीज्यूहरु सहित सम्पूर्ण उपस्थित अतिथिगणमा महासंघकातर्फबाट म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै आमन्त्रित सबै पाहुुनाहरुमा हार्दिक धन्यवाद प्रकट गर्दछुु ।

उद्योग वाणिज्य संघ र वस्तुुगत संघहरु मध्ये विभिन्न विधामा उत्कृष्ट भई सम्मानित हुने उद्योग वाणिज्य संघ र वस्तुगत संघहरु र तीनका पदाधिकारीहरुलाई बधाई एव शुभकामना दिन चाहान्छु ।

सम्मान छनौट समितिमा रहेका महासंघका पूर्व महानिर्देशक डा। हेमन्त दवाडी, आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष प्रतिक प्रधान, नेपाल बारका पूर्वमहासचिव लिलामणी पौडेलजीलाई पनि विशेष धन्यवाद।

वार्षिक साधारणसभामा भाग लिन देशैभरबाट आउनुभएका मुख्य प्रतिनिधि, अतिरिक्त प्रतिनिधिज्यूहरु, उद्यमी व्यवसायीहरुको अर्थपूर्ण सहभागिता रहने अपेक्षा गर्दछु । यहाँहरुको महत्वपूर्ण सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्दछु । पत्रकार साथीहरुमा विशेष आभार एवं धन्यवाद ।

अन्तमा, वार्षिक साधारणसभालाई सफलता पूर्वकसम्पन्न गर्न अहोरात्र खट्नु भएका महासंघका कर्मचारी साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । 

                                                                                                                     नयाँ वर्ष २०८१ को शुभकामना।

  

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal