Skip to content

कांग्रेसले सहकारी ठगी प्रकरणमा कसैलाई दोषी करार गरेको छैनः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आफूहरुले सहकारी ठगी प्रकरणमा बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताएका छन् ।

उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट पैसा अपचलन गरेर गोर्खा मिडिया प्रालिका नाममा १ अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रालिको प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताए ।

उनले नेपाली कांग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताए । कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको बताए ।

उनले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाए पनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने बताए । उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको जानकारी गरे ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal