Skip to content

सुनको मूल्य प्रतितोला ५ सयले बढेर नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य ५ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार  चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal