Skip to content

५ जना स्किल हिरो अवार्डबाट सम्मानित

काठमाडौं । स्किल विक २०२४ पाँचौं संस्करणमा पाँच विधामा पाँच अत्यन्त प्रेरणादायक व्यक्तित्वहरूलाई स्किल हिरो अवार्ड २०२४ उपाधिबाट सम्मानित गरिएको छ । आइतबार सोल्टी होटलमा आयोजित विशेष कार्यक्रमबीच उनीहरूलाई सम्मानित गरिएको हो । 

कला र संस्कृतिका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई समाजको परिवर्तनसँगै पुरस्कृत गरिएको थियो । त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याललाई स्किल हिरोको उपाधि प्रदान गरिएको थियो । 

यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मा र विज्ञान तथा प्रविधि विधामा डा भगवान् कोइराला पुरस्कृत भएका छन् । 

अप्रेन्टिससिप विधामा पुष्पा चौधरीलाई पुरस्कृत गरियो । कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणा मगर प्रमुख अतिथिको रूपमा उपस्थिति थिइन् । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal