Skip to content

तनहुँमा सातवटा पक्की पुल तयार

दमौली । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् । 

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन  रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिए । निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएकामा तीन करोड २६ लाख २१ हजार रुपैयाँ खर्च भएको छ ।  चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा  ३० लाख रुपैयाँको लागतमा अर्को पुल बनाइएको छ । 

गत आवमा  ५० लाख रुपैयाँको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा ५० लाख रुपैयाँ, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाख रुपैयाँमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा  ३० लाख रुपैयाँघिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख रुपैयाँ र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा  ५० लाख रुपैयाँमा पुल बनेका हुन् । 

 इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा रु ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा  चार करोड रुपैयाँको लागतमा पुल निर्माणाधीन  छ । शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा  तीन करोड रुपैयाँ, बन्दीपुरस्थित खुदीखोलामा एक करोड रुपैयाँ, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा  एक करोड ५० लाख रुपैयाँ, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा  एक करोड ५० लाख रुपैयाँ, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा एक करोड ७० लाख रुपैयाँको लागतमा पुल निर्माणाधीन छ । 

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा ४० लाख रुपैयाँ, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा  एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा  एक करोड ४० लाख रुपैयाँ र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा  ५० लाख रुपैयाँको लागतमा पुल बनिरहेको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal