Skip to content

को हुन् अमेरिकाका प्रसिद्ध ब्रोकर्सलाई ८० लाख डलर ठगी गर्ने उमर खान ?

एजेन्सी । अमेरिकामा पाकिस्तानी मूलका व्यापारी तथा पूर्व पाकिस्तानी राजदूतका छोरा उमर खानले विश्वको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज वाल स्ट्रिटको प्रसिद्ध  ब्रोकर्सलाई धोखा दिएको स्वीकार गरेका छन् । 

उमर खानमाथि उनले विभिन्न शानदार भोज कार्यक्रमको आयोजनामा पुँजी लगानीका नाममा मानिसहरुसँग ८० लाख डलरभन्दा बढी रकम ठगेका थिए ।

यो घटना सन् २०१५ मेमा अमेरिकाको न्यूयोर्कबाट सुरु भएको थियो । जब वाल स्ट्रिटको एक बिजनेश कम्पनीमा रिसर्चरका रुपमा काम गर्ने क्रेसिमिर पेनाविक उमर खानको चमकधमक भएको शानदार पार्टी भोजमा सहभागी भए । 

यो विशेषरुपमा आयोजना हुने भोजको विशेषता विश्वका दुर्लभ तथा निकै पुरानो वाइन अर्थात् रक्सीको व्यवस्थामा आधारित हुन्थ्यो । उमर खानले सन् २०१३ मा न्यूयोर्कमा इन्टरनेशनल बिजनेश एड वाइन सोसाइटीका नाममा ‘वाइन डाइन’को सुरुआत गरेका थिए । 

उमर खानले आफ्नो उद्देश्य कारोबारी मञ्चहरुमा रक्सी पिउनमा सौखिनहरुसँग जोडिन, प्रसिद्ध वक्ताहरुलाई सुन्न  र शानदार भोज तथा बहुमूल्य रक्सीको आनन्द लिनु रहेको बताएका थिए । 

५४ वर्षे क्रेसिमिर पेनाविकको जन्म क्रोएसियामा भएको थियो । उनी त्यहाँ गणित विषयका शिक्षक थिए । तर रिटायरमेन्टपछि अमेरिका पुगेका थिए । कम्प्युटर प्रोग्रामको एल्गोरिदममा जानकारी राख्ने भएकाले उनी एक वित्तीय सेवा प्रदान गर्ने कम्पनीमा जागिर खानका लागि सफल भएका थिए । 

बीबीसी  उर्दुसँग उपलब्ध उमर खानविरुद्धको उजुरी अनुासर क्रेसिमिर पेनाविकले भनेका छन्, पहिलो डिनरपछि अमर खान उनका साथी बने र उनको विश्वास जित्न सफल पनि भए । दुर्भाग्य भनौँ, उनले के बुझेनन् भने उनी निकै राम्रो जालमा फसिसकेका छन् र उनी अरुको विश्वासमा फसिसकेका छन् । 

ठगीको धन्दा

सुरुआतमा उमर खखान प्रत्येक आयोजनाका लागि क्रेसिमिर पेनाविकसँग १५ सय देखि ८५०० सम्म डलर लिन्थे । कहिलेकाँही त आयोजनाको शुल्य २५ हजार डलरसम्म पुग्थ्यो । 

त्यो बेला उमर खानले क्रेसिमिर पेनाविकलाई धनीहरुसँगको वाइन एण्ड डाइनको भव्य समारोहमा पुँजी लगानी गर्नका लागि मात्रै मनाएका थिए । केही महिनापछि उमर खानले क्रेसिमिर पेनाविकलाई सम्पर्क गरी एक अर्को भव्य कार्यक्रम आयोजनाका लागि ६० हजार डलर पुँजी लगानीका लागि अनुरोध गरे । उनले यो आयोजना लन्डनमा हुने र यसका लागि कूल एक लाख २७ हजार अमेरिकी डलर खर्च हुने भनिएको थियो ।

उजुरीमा उल्लेख जानकारी अनुसार सन् २०१५ जुन मा हुने भनिएको उक्त कार्यक्रम सन् २०१७ फेब्रुअरीका लागि सर््यो । र, खानले पेनाविकलाई त्यसको नाफा आधा आधा गर्ने समेत बताए । खानले पेनाविकलाई यो कार्यक्रम पहिलेको तुलनामा निकै ठूलो र भव्य हुने बताएका थिए । त्यसैले थप ७५ हजार डलर ट्रान्सफर भइसकेको बताएका थिए । तर यो कार्यक्रम कहिल्यै पनि आयोजना भने भएन ।

एक महिनापछि उमर खानले पेनाविकलाई सम्पर्क गरी दोस्रो डिनर अर्थात् अर्को कार्यक्रम आयोजनाका लागि ७५ हजार डलर पुँजी लगानीको प्रस्ताव पेस गरे । यो आयोजनाको लागत एक लाख २३ हजार डलर बताइएको थियो । जुन २०१५ फेब्रुअरीमा हुनुपर्ने  थियो । 

तर खानले भने आफूलाई उक्त कार्यक्रमबाट जम्मा ६७ हजार नाफा भएको बताएका थिए । पेनाविकको रकम फिर्ता त भएन तर उनले अर्को एक आयोजनामा पुँजी लगानी भएको बताएका थिए ।

क्रेसिमिर पेनाविकका साथै सानफोर्ड सी ब्रिस्टेननका सीइओ तथा अध्यक्ष रोवर्ट वान ब्रुग, केटो इन्डिष्ट्रीका निर्देशक रोबर्ट गेलफन्ड, पीटर स्लागोविट्ज तथा मार्गन स्टेनका भाइस प्रेसिडेन्ट लोरिन शेफगरले पनि उमर खानविरुद्ध धोखाधडीको आरोप लगाएका छन् । पीडितहरुका अनुसार खानले सबैसँग करिब ८० मिलियन डलर ठगी गरेका छन् । जसमध्ये सबैभन्दा बढी घाटा क्रेसिमिर पेनाविकलाई भएको थियो । उनले पाँच मिलियनभन्दा बढी डलर गुमाइसकेका थिए । 

उमर खानको कम्पनी सेन्सी इन्टरनेशनलको वेवसाइटअनुसार उनी मिश्रमा जन्मिएका थिए । उनी पूर्व पाकिस्तानी राजनीतिज्ञका छोरा हुन् । खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट पढाइ पूरा गरेका थिए । उनका पिता नजीब साकिब खान पाकिस्तानको विदेश सेवामा थिए । उनी फरेन सर्भिस इन्स्टिच्युटमा डाइरेक्टर जनरल पदमा रहेर काम गरेका थिए । साकिब खान पछि अमेरिकामा घर बनाएका थिए भने उनको मृत्यु सन्् २०१२ मा भएको थियो । उनी कुवेत, साउदी अरेबिया र अमेरिकामा पाकिस्तानको राजदूतका रुपमा काम गरेका थिए । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal