Skip to content

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन्।

वाणिज्य बैंकका अनुसार उनी २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट सीईओको पदमा प्रथमपटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बिहीबारबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देबेन्द्ररमण खनाललाई कायम मुकायम (कामु) को जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट बिहीबार एक समारोहकाबीच सीईओ किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाइ गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उनीप्रति आभार व्यक्त गरिएको थियो । 

सो समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, पवन रेग्मी  र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरुलगायत कर्मचारीहरुको उपस्थिति थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal