Skip to content

सिन्धुलीमा एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट

 

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको हो।

प्रहरीका अनुसार गएराति साढे १ बजे प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटले टावरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । घटनास्थलमा जनमुक्ति सेना लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

बम विस्फोटबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal