Skip to content

रिभर फल्स पावरले बोलायो वैशाख २० गते दुई आवको साधारणसभा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न वैशाख २० गते, लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सातौं र आठौं वार्षिकसाधारणसभा बोलाएको छ।  कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

उक्त सभाले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन पाउने छन्।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal