Skip to content

सुनको मूल्य २ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यो‍ हालसम्मकै उच्च विन्दु हो।महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला १ लाख ३५ हजार ९सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदीको मूल्य भने यथावत छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ तोकिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal