Skip to content

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्रा कतिमा कारोबार हुँदैछन् आज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९३ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९७ पैसा र बिक्री दर २८ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४० पैसा र बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal