Skip to content

आर्थिक वर्षमा बंगलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण

ढाका । एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ । 

मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालु र आगामी वर्षहरूमा जिडिपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख छ । 

उन्नत अर्थतन्त्रमा मौद्रिक कडाइ, बाहिरी मागमा कमी र मुद्रास्फीतिमा उछालका कारण आर्थिक वर्ष २०२३ मा मुलुकको आर्थिक वृद्धि सुस्त भएर पाँच दशमलव आठ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा जिडिपी वृद्धि छ दशमलव छ प्रतिशतसम्म बढ्न सक्ने प्रतिवेदनमा बताइएको छ । 

यद्यपि प्रतिवेदनमा उच्च मुद्रास्फीति दरमा कमी आउने अनुमान गरिएको छ । मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा औसत आठ दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०२५ मा सात प्रतिशत हुनेछ । 

गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–२४ का लागि बङ्गलादेशको अर्थतन्त्रको विकासको अनुमानलाई घटाएर छ प्रतिशत गरेपछि एडिबीको अनुमान आएको हो ।आइएमएफले यसअघि उक्त आर्थिक वर्षका लागि छ दशमलव पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । 

विश्व बैंकले यसअघि निरन्तर उच्च मुद्रास्फीति र बाहिरी भुक्तानी चुनौतीका बीच आर्थिक वर्ष २०२३–२४ का लागि बङ्गलादेशको आर्थिक विकासको अनुमानलाई घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको थियो । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal