Skip to content

सुनको मूल्य २४ सयले बढ्यो, आज तोलाको कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा  शुक्रबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार  छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुन मूल्य प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal