Skip to content

बैशाखमा बैंकमा पैसा राख्दा कृषि विकास बैंकमा कम ब्याजदर पाइने, एनएमबिमा बढी

 

काठमाडौं । वाणिज्य बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर थप घटाएका छन् ।

बैंकहरुले प्रकाशित गरेको बैशाख महिनाको ब्याजदरको सूचना अनुसार चैतको तुलनामा ब्याजदर घटाएका हुन् ।

बैशाख महिनाको लागि एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् । कृषि विकास बैंक,नेपाल इन्भेष्टमेन्ट,सिद्धार्थ,नबिल र हिमालयन बैंकको १ वर्षको मुद्दति निक्षेपको ब्याजदर परिवर्तन भएको छैन । बाँकी सबै बैंकले बैशाख महिनाको ब्याजदर घटाएका छन् ।

 

 

 

औसतमा हिसाब गर्दा चैत महिनाको तुलनामा बैशाख महिनामा ०.०२३ प्रतिशत बिन्दुले १ वर्षे मुद्दति निक्षेपको ब्याजदर घटेको छ ।

बैशाख महिनामा सबैभन्दा कम १ वर्षको मुद्दति निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याजदर दिने छ भने एनएमबि बैंकले ७.९७ प्रतिशत ब्याजदर दिने छ । संस्थागत तर्फ ५.२५ प्रतिशतदेखि ६.९७ प्रतिशतसम्म ब्याजदर बैंकहरुले दिने सूचना जारी गरेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal