Skip to content

गोदरेजले ल्यायो क्यासब्याक र पक्का उपहार पाउने योजना

काठमाडौं । गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यु इयर विशेष’ नामक अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले गोदरेजका घरायसी सामानहरू खरिद गर्दा ३० हजारसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकहरूले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक पाउनेछन् । त्यस्तै, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सीजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरूले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा तीन लिटर एरियल र माइक्रोवेभको खरिदमा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले निःशुल्क स्थापना पाउन सक्नेछन् ।

यो योजना २०८० चैत्त ३० बाट सुरु भइ नेपालभर सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ । गोदरेज अप्लायन्सको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालि छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal