Skip to content

कर छलेर ल्याइएका ६ लाखका सामान बरामद

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख रुपैयाँ बराबरका सामान  बरामद गरिएको छ ।  

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।   

बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् ।  ती सामग्री  सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको  जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal