Skip to content

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओमा)मा सन्तोष कोइराला दोहोरिएका छन् । २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी कोइरालाको कार्यकाल थपिएको हो । कोइरालाको कार्यकाल थपिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते बसेको ४९४ औं बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो । साढे २ दशकदेखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी ४ वर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

सन्तोष कोइरालालाई आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा लिइन्छ । कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । कोर बैंकिङ व्यवसाय तथा अपरेसनमा अब्बल कोइरालाको नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वाससहित सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरिएको बताएको छ । 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal